दिपलले पार गर्यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा

काठमाडौं । चाङगन अटोमोबाइल अन्तर्गतको नयाँ ऊर्जा सवारीसाधन (New Energy Vehicle – NEV) ब्रान्ड दिपल (Deepal) ले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गर्दै एउटा महत्त्वपूर्ण कोशेढुंगा हासिल गरेको छ।
गत मे महिनामा मात्र दिपलका २५ हजार ५ सय २१ युनिट विद्युतीय सवारीसाधन (EV) बिक्री भएका थिए। यो संख्या गत वर्षको मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यसै वर्षको अप्रिल महिनाको तुलनामा २७ प्रतिशतले बढी हो, जसले दिपलको तीव्र वृद्धि देखाउँछ।
दिपलका प्रमुख मोडल र नयाँ सार्वजनिक उत्पादन
हाल दिपल ब्रान्ड अन्तर्गत SL03, S07, G318, L07, S05, र S09 गरी छवटा मोडलहरू बजारमा उपलब्ध छन्। यीमध्ये दिपल A09 औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको थियो।
६ सिट क्षमताको ठूलो आकारको एसयूभी (SUV) दिपल S09 पाँचवटा ट्रिममा उपलब्ध छ। S09 हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो। यसमा १६:९ एस्पेक्ट रेसियोको २१.४ इन्चको थ्रीके (3K) सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ, जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ।
यसको इन्फोटेनमेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सनहरू पनि रहेका छन्। साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस (ADAS) ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम पनि रहेको छ।
प्रविधिमा अग्रता र भविष्यको योजना
दिपलले यो वर्षको अन्त्यसम्ममा S09 मा एडीएस ४ अपग्रेड गर्ने बताएको छ। डब्लुईडब्लुए (WWE) आर्किटेक्चरमा बन्ने नयाँ एडीएस ४ सिस्टमले एन्ड-टु-एन्ड ल्याटेन्सी ५० प्रतिशतले घटाउने, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउने र हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने दाबी गरिएको छ।
विश्वव्यापी विस्तार
दिपलले आगामी वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ। दक्षिणपूर्वी एसिया र मध्यपूर्वको बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा पनि आफ्नो उपस्थिति जनाएको छ, जसले यसको विश्वव्यापी पहुँचलाई विस्तार गरिरहेको छ।
गत मेमा आयोजना भएको ‘दिपल ब्रान्ड नाइट’ मा कम्पनीका सीईओ डेङ चेन्घाओले ‘स्मार्ट लिड २०३०’ विश्व नीति सार्वजनिक गरेका थिए। यसअन्तर्गत सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य राखिएको छ। यो महत्त्वाकांक्षी योजना अन्तर्गत चाङगनले ३० वटा नयाँ मोडल सार्वजनिक गर्नेछ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया