टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्दै नेपाल
मेरोन्यूज
२०८२ जेठ २९ गते १८:३१

काठमाडौं। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो । सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ ।
नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको छ ।
क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ ।
क्यानको विज्ञप्ति:
सम्बन्धित









राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया