मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं। ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिए ।
अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए । भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले यही जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो । कलेजो प्रत्यारोपण सर्जन डा साहले कलेजो प्रत्यारोपण गर्न झण्डै १३ घण्टा लागेको बताए।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।
‘हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।’
उनले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिए ।
कलेजो दाता आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अङ्गदान गर्न आग्रह गरे। उनले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताए।
अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा.डा उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताए। उनले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताए।
अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया