अमेरिका पठाउने बहानामा झन्डै ५० लाख रुपैयाँ ठगी
मेरोन्यूज
२०८२ जेठ ३० गते १८:२६

काठमाडौं ।अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौं महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।
मानन्धरले तीन जना पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
रकम लिएर लामो समय फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए।
मानन्धरविरूद्ध ३५ लाख ६९ हजार बिगोको मुद्दा वैदेशिक रोजगार विभागमा छ। यस्तै, १८ लाख २४ हजार रुपैयाँ ठगी मुद्दामा मानन्धरविरूद्ध पक्राउ पुर्जी जारी छ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया