उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुर । दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताए ।
पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाहमा १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।
बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।














सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया