हतियारसहित इरानले पक्राउ गर्याे मोसादका एजेन्टहरु

इरान । इरानी सुरक्षा निकायले ठुलाे मात्रामा ड्राेन, विष्फोटक पदार्थसहित इजरायलको जासुसी संयन्त्र मोसादका लागि काम गर्ने स्थानीय एजेन्टहरु पक्राउ गरेकाे छ । इरानकाे तस्मिन न्यूज एजेन्सीका अनुसार प्रहरीले दुई छुट्टाछुट्टै अपरेशनमा माेसादका लागि काम गरिरहेका दुई जना ईरानीलाई पक्राउ गरेकाे हाे ।
इरान प्रहरीका प्रवक्ता ब्रिगेडियर जनरल मोन्टाजेर अल-महदीले भने ‘ दुई छुट्टाछुट्टै अपरेशनमा, रे काउन्टी विशेष प्रहरी कमाण्डले फशाफोयेहमा दुई मोसाद आन्तरिक एजेन्टहरूलाई पहिचान गरी पक्राउ गरिएको छ।’ उनिहरुबाट ठुलाे परिणाममा हातहतियार , विष्फोटक पदार्थ र ड्राेन नियन्त्रणमा लिइएकाे छ ।
प्रवक्ता अल-महदीले थपे “यी व्यक्तिहरूबाट २०० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ , २३ वटा ड्रोन, लन्चर, मार्गदर्शन उपकरणहरू र नियन्त्रकहरूका लागि उपकरणहरू, साथै निसान कार पनि फेला पारिएको छ र जफत गरिएको छ।” पछिल्लो समय स्थानीय माेसाद एजेण्टकाे सहयाेगमा इरानले ठुलाे क्षति व्यहोरिरहेको सन्दर्भमा यो पक्राउलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया