गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२५’का लागि आवेदन खुला

काठमाडौं । गोल्छा ग्रुपको शीर्षक साझेदारीमा ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को ११ औं संस्करणका लागि आवेदन खुला गरिएको छ। यो कार्यक्रम नेपालभरका १३ देखि १९ वर्ष उमेर समूहका उत्साही, सिर्जनशील र परिवर्तन ल्याउने भावना भएका किशोरकिशोरीलाई सम्मान र पहिचान दिन लक्षित गरिएको हो।
‘ग्लोकल टिन हिरो’ ग्लोकल प्राइभेट लिमिटेडको एक प्रमुख पहल हो, जुन केवल अवार्ड होइन, समुदायमा योगदान दिएका किशोरकिशोरीको सम्मान गर्ने माध्यम बनेको छ। ग्लोकल प्रा.लि. शिक्षामूलक सीप विकासमा काम गर्ने संस्था हो।
यस वर्षको संस्करणमा देशभरका ६० भन्दा धेरै शहरमा पुगेर किशोरकिशोरीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना गरिएको छ। कार्यक्रम पूर्णरूपमा निःशुल्क छ। इच्छुक उम्मेदवारहरूले ग्लोकल डट टिन्स डट कम मा गएर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। मनोनयन पनि सोही वेबसाइटमार्फत गर्न सकिनेछ।
आवेदनको समीक्षा पछि ‘सर्टलिस्टिङ’ गरिनेछ। त्यसपछि शीर्ष ६ जना ‘फाइनलिस्ट’ छनोट हुनेछन्। अन्तिम चरणमा उनीहरूको सामाजिक योगदान, दृष्टिकोण र नेतृत्व क्षमताका आधारमा निर्णायक मण्डलद्वारा ‘इभालुएसन’ गरिनेछ।
‘ग्रान्ड फिनाले’ मा निर्णायकको रूपमा कोका कोला नेपालकी ‘कन्ट्री डाइरेक्टर’ चन्द्रिका कालिया, डब्लु डब्लु एफ नेपालका डा। घनश्याम गुरुङ, गोल्छा ग्रुपकी डाइरेक्टर सीमा गोल्छा, वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसका अध्यक्ष सुरज वैद्य, तथा युरोपियन युनियनका ‘एक्टिङ हेड अफ डेलिगेशन’ थोमस मिलर रहनेछन्।
सहयोगी साझेदारहरूमा एम्बार्क कलेज, होन्डा, कोका कोला, डब्लु डब्लु एफ, पञ्चकन्या समूह, के एफ सी, टोयोटा, रियल, ग्लोबल आइएमइ बैङ्क, नबिल बैङ्क, नेपाल एसबीआई बैङ्क, नेपाल टुरिज्म बोर्ड, सोल्टी काठमाडौं, वर्ल्डलिंक, द काठमाडौं पोस्ट, कान्तिपुर एप, हिमालय टिभी एचडी, यती एयरलाइन्स, प्रिज्मा एड्भर्टाइजिङ, पिज्जा हट र बेगानी ग्रुप रहेका छन्।
ग्लोकलको यस पहलले नेपालका किशोरकिशोरीलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने उद्देश्य बोकेको छ। यसले देशका युगान्तकारी प्रतिभाहरूलाई सशक्तिकरण गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया