एमालेको तर्फबाट बादल बने राष्ट्रिय सभाका उम्मेदवार
मेरोन्यूज
२०७८ वैशाख २४ गते ११:५२

काठमाडौँ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी नदिने भनी विभिन्न चर्चा आए पनि बादलले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै मकवानपुर हिँडेका छन् ।
यसैबीच विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।
सम्बन्धित










दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया