इरानको मिसाइल रोक्नमात्रै इजरायलको दैनिक ३९ अर्ब खर्च !

इजरायल । इरान र इजरायलबिच लडाइँका क्रममा इरानकाे मिसाइल आक्रमण राेक्न इजरायलको दैनिक अर्बौं रुपैयाँ खर्च भइरहेको र त्यसलाई निरन्तरता दिन इजरायललाई गार्हो हुने रिपोर्टहरु आएका छन् । इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले यसको स्रोतहरूमा अत्यधिक दबाब परेको वाशिङ्टन पाेस्टमा रिपोर्ट प्रकाशित भएकाे छ ।
साे रिपोर्ट अनुसार इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीकाे अनुमानित खर्च प्रतिदिन झण्डै २८५ मिलियन अमेरिकी डलर पर्छ । जुन नेपाली रुपैयाँ अनुसार दैनिक ३९ अर्ब पर्न जान्छ ।
वाशिङ्टनपाेस्टका अनुसार विज्ञहरूले चेतावनी दिएका छन् कि यदि अमेरिका बाट पुनआपूर्ति नभएमा इजरायलसँग रहेका यो प्रणाली १० देखि १२ दिनभन्दा बढी टिक्न सक्दैन । इजरायलसँग भएको प्रतिरक्षा प्रणाली १०/१२ दिनमै सकिनेछ । याे रिपोर्टले इजरायललाई दवावमा पारेकाे छ ।
इजरायलले एरो, आइरन डोम, डेभिडको स्लिङ, र थाड/प्याट्रियट प्रणालीहरू सहित आफ्नो बहुस्तरीय रक्षा प्रणालीहरू राखेकाे छ । प्रत्येक एरो इन्टरसेप्टर मिसाइलको मात्र लागत ३ मिलियन डलर अर्थात नेपाली ४० कराेड रुपैयाँ भन्दा बढी पर्दछ । सो बाहेक आक्रमणमा हुने खर्च र इरानकाे आक्रमणबाट हुने मानविय र भाैतिक क्षति उल्लेखनिय छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया