केटीएम नेपालको देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्पको सुरुवात

काठमाडौँ। विश्वको नम्बर १ प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको छ । कम्पनीले जुन १९ जून २०२५ बाट देशभरीका सबै अधिकृत केटीएम शोरुमहरूमा एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको हो ।
उक्त क्याम्पको उद्देश्य देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउने र वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउनु हो।
क्याम्पका मूख्य आकर्षणहरू
१. नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया
२. पुरानो मोटरसाइकलमा अतिरिक्त १५ हजार रुपैयाँको एक्सचेन्ज बोनस
३. प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट
४. केटीएम २५० ड्यूकको नयाँ मूल्य ७ लाख १३ हजार ९०० रुपैयाँ । अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने ।
यो क्याम्प सीमित अवधिको लागि मात्र सञ्चालनमा रहनेछ र यसले ग्राहकहरूलाई सरल प्रक्रिया, अतिरिक्त लाभहरू, र आकर्षक मूल्यको साथमा केटीएम मोटरसाइकलको स्वामित्व लिन प्रेरित गर्ने कम्पनीले जनाएको छ।
सम्पूर्ण नेपालभरका अधिकृत केटीएम सोरूमहरूमा उपलब्ध यो क्याम्पको फाइदा लिन इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको सोरुममा सम्पर्क गर्न आग्रह गरेको छ ।
फाइनान्स सुविधा समेत पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइनेछ।

















जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया