भिजिट भिसा प्रकरणमा ठगिएका दुई हजारभन्दा बढी पीडित रास्वपाको सम्पर्कमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव तस्करीको संगठित अपराधको विरुद्धमा पार्टी आन्दोलित रहेको बताएका छन् । विगत १८ वर्षमा बनेका १४ जना गृहमन्त्री सबैको छानबिन गरौं भनेर आफूहरुले आवाज उठाएको झाको भनाई छ । उनले आफूहरुको मुद्दा कोही एक दल र नेताप्रति लक्षित नभएको पनि स्पष्टा परेका छन् । उनले भनेका छन्,‘कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि होईन।’
आफूहरुले गत जेठ १४ गते भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएकाहरुसँग प्रमाण सहित सम्पर्कमा आउन भनेर आव्हान गरेर अभियान चलाएको र त्यस क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आएको पनि झाको भनाई छ ।
पत्रकार साथीहरू!
भिजिट भिसाको दुरुपयोग मार्फत मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो। यसको समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सङ्गठन र समाज मार्फत यो समस्याको निराकरण र संलग्नहरूलाई कानुनी कारबाहीको लागि माग राखेको सबैलाई जानकारी नै छ।
यही क्रममा गत ज्येष्ठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले “भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाण सहित सम्पर्कमा आउनुस्” भनेर आव्हान गरेर अभियान चलाएका थियौ। त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो।
त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।
“रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको” भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको छ ।
रास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ। “सासंद श्रेष्ठले निर्देशन दिएको” भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्यबहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन। तथापि, पार्टीमा आबद्ध कोही ब्यक्ती भए नभएकोबारे सत्य तथ्य पत्ता लगाउन प्रा डा माननीय चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा बरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमीरे र पूर्व SSP लव बिष्ट सदस्य रहनुभएको छ।
साथै, हामीले पटक पटक भनेकै छौ। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दै छौ। यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेको छौ। हाम्रो मुद्दा कोही एक दल र नेता प्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन।
















अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया