इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
मेरोन्यूज
२०८२ असार ४ गते २०:४२

रूस । रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले इरान विरुद्ध इजरायललाई सहयाेग नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । कुनै पनि प्रत्यक्ष सैन्य समर्थनले मध्य पूर्वमा व्यापक अस्थिरता निम्त्याउने बुधबार उनले बताए ।
इरान र इजरायलबिचकाे लडाइँमा अमेरिका प्रत्यक्ष सहभागी हुने तयारी गरिरहेकाे समयमा आएकाे रुसकाे भनाइलाई महत्त्वपूर्ण ठानिएको छ । रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, रियाबकोभले संयुक्त राज्य अमेरिकालाई इजरायललाई प्रत्यक्ष सैन्य सहयोग प्रदान गर्न वा त्यस्ता विकल्पहरू विचार गर्नबाट टाढा रहन चेतावनी दिए, किनकि यी कार्यहरूले क्षेत्रको लागि गम्भीर परिणाम निम्त्याउने उनले बताए । उनले द्वन्द्वलाई थप चर्कनबाट रोक्न मस्को दुवै पक्ष, इरान र इजरायलसँग सम्पर्कमा रहेको पनि घोषणा गरे ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया