सोमबार, चैत ३०, २०८२

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

मेरोन्यूज २०८२ असार ४ गते २१:५६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्‍याए । “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के गर्ने भन्ने बिषय केबल मलाइ मात्र थाहा छ अरू कसैलाई थाहा छैन र हुँदैन,” इरानमा अमेरिकी हवाई आक्रमण गर्ने कि नगर्ने भन्नेबारे सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उहाँले भन्नुभयो, “म तपाईंलाई यो भन्न सक्छु, इरानले धेरै पिडा भोगिसकेको छ र उनीहरू वार्ता गर्न चाहन्छन्।” ट्रम्पले इरानले इजरायलको हवाई आक्रमण अन्त्यका लागि तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न ह्वाइट हाउसमा अधिकारी पठाउन सुझाव दिएको तर धेरै ढिला भइसकेको बताए । उनले भने, “मेरो विचारमा वार्ता गर्न धेरै ढिला भइसकेको छ ।

हामी छलफल गर्न सक्छौँ । अहिले र एक हप्ता अघिको बीचमा ठूलो भिन्नता छ । हैन? ठूलो भिन्नता छ।” “उनीहरूले ह्वाइट हाउसमा आउने सुझाव दिएका छन्। तपाईंलाई थाहा छ यो साहसी कदम हुनेछ तर अहिले तिनीहरूलाई यसो गर्न सजिलो छैन।” मङ्गलबार सामाजिक सञ्जालमा इरानको ‘बिनाशर्त आत्मसमर्पण’ का लागि आग्रह गर्नुको अर्थ के हो भनी सोधिएको प्रश्नमा ट्रम्पले इरानसँग आफ्नो धैर्य समाप्त भएको बताएका थिए ।

“बिना शर्त आत्मसमर्पण उनीहरूका लागि धेरै सरल उपाय हो । यसको मतलब मैले उनीहरूलाई सहज तरिकाले वार्ताका लागि आग्रह गरेको हुँ । तर, अहिले म पर्खाइका लागि हार मानिसकेको छु अब हामी इरान जान्छौं र सबै ठाउँमा भएका आणविक सामग्रीहरू ध्वस्त पारिदिन्छौँं,” ट्रम्पले भने । वार्ताका लागि धेरै ढिला भएको हो कि भनेर सोधिएको प्रश्नमा उनले भने, “अझै केही गर्न सकिन्छ । बितिसकेको छैन। समयलाई बसमा लिन सकिन्छ।”

प्रतिक्रिया