अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
मेरोन्यूज
२०८२ असार ५ गते १७:३७

काठमाडौँ । अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन हुने भएको छ ।
उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई न्याय परिषद तानिएकाे हो । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो ।
न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।
आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् ।
सम्बन्धित
















नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया