इजरायलद्वारा इरानकाे तेहरानस्थित हतियार अनुसन्धान केन्द्रमा आक्रमण

दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको शुक्रबार बताएको छ । आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ ।
सेनाले एक विज्ञप्तिमा भनेको छ, “सेनाले तेहरानको मुटुमा शृृङ्खलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छः सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो ।”
इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।
बिहीबार राति ६० वटाभन्दा बढी लडाकू विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ ।
“लक्ष्यहरू मध्ये मिसाइल कम्पोनेन्टहरू उत्पादन गर्ने साइटहरू र कास्टिङ मिसाइल इन्जिनहरूमा प्रयोग हुने कच्चा मालहरू निर्माण गर्ने सुविधाहरू थिए”, सेनाले भनेको छ ।
इरान आणविक हतियार विकास गर्ने सङ्घारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि दुवैतर्फ बाट घातक आक्रमण सुरु भएका छन् ।
युद्धको कूटनीतिक समाधानमा पुग्ने आशामा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्नो इरानी समकक्षसँग वार्ता गर्नेछन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् ।










एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया