रास्वपा केन्द्रिय समितिको बैठक बस्दै
मेरोन्यूज
२०८२ असार ७ गते ९:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ ।
पार्टी स्थापना दिवसको अवसरमा आज सो पार्टीको केन्द्रिय समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ ।
बिहिवार बसेको केन्द्रिय सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारा तय गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।
असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा तथा कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार रास्वपाले महाधिवेशन सारेर फागुनमा पुर्याएको छ।
सम्बन्धित










पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया