कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी
मेरोन्यूज
२०८२ असार ७ गते १४:४२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बैठकमा मन्त्रीहरू नआउने र मन्त्रालय थप्दै जाने भए समय पनि बढाउन आग्रह गरे । उनले संघीय निजामती ऐन संसद्मा पेस भएर पनि नआउँदा दुःख लागेको बताए ।आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका निम्ति कार्यदल बनाइएको भए पनि त्यो हाल नदेखिएको उनले उल्लेख गरे । कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको उनले जिकिर गरे ।
उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने भने पनि संसद्मा अझै विधेयक नल्याइएको भन्दै आपत्ति जनाए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया