रुसलाई हतियार बनाउने औजार आपूर्ति पश्चिमा कम्पनीले गराएको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाएका छन् । जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनिसंयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उनले बताए ।
युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ । जेलेन्स्कीले भने, “रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् ।
रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उनले बताए । “हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ । हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले भने ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया