योगलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी छ:मुख्यमन्त्री पाण्डेले

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले जीवनशैली सरल, सहज र सन्तुलित बनाउने भएकाले यसलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदुतावासद्वारा आज पोखरामा आयोजित एक दिवसीय योग कार्यक्रममा उनले हामीले योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको धारणा राखे ।
“योग भनेको शरीर, मन र आत्माको सन्तुलन हो”, उनले भने, “जसले हामीलाई सशक्त, सचेत र नैतिकवान बनाउँछ ।” जीवनलाई सरल, सहज र सन्तुलित बनाउन योग अपरिहार्य रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेर गत वर्ष गण्डकी स्वजागरण अभियान सञ्चालन गरेको बताउँदै उनले प्राकृतिक रूपमा सुन्दर, धार्मिक रूपमा ऐतिहासिक र सांस्कृतिक विविधता भएको गण्डकी प्रदेश योग अभ्यासका लागि वातावरणीय दृष्टिकोणले अत्यन्त उपयुक्त क्षेत्र भएको उल्लेख गरे ।
योगलाई समुदायस्तरसम्म पुर्याउन, विद्यालय तहबाट योग शिक्षा र अभ्यास जरुरी रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारले स्थानीय तह, विभिन्न सङ्घसंस्था र सरोकार भएका निकायसँग समन्वय गर्दै आएकाले यसलाई निरन्तरता दिने जानकारी दिए ।
योगले हरेक नागरिकलाई स्वस्थ, शान्त, सुन्तुलित जीवनयापनमा मद्दत पुर्याउने उहाँको भनाइ छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारतबीचको युगौँदेखिको सम्बन्धलाई यस किसिमका कार्यक्रमले थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगरस्तरीय योग केन्द्र स्थापना गरिएको बताए । पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामग्रीको उपलब्धतामा महानगरले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले योग सबैका लागि अपरिहार्य भएको धारणा राख्नुभयो । उक्त अवसरमा विभिन्न उच्चपदस्थ अधिकारी, समाजिक अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया