मंगलबार, पुष १, २०८२

अमेरिकाकाे आक्रमण लगत्तै इरानद्वारा इजरायलमा क्षेप्यास्त प्रहार सुरु

मेरोन्यूज २०८२ असार ८ गते ११:४८

इरान । अमेरिकाकाे आक्रमण लगत्तै इरानले आज इजरायलमा क्षेप्यास्त आक्रमणको नयाँ लहर सुरु गरकाे छ । इरानकाे तस्मिन समाचार सिमितिका अनुसार याे इरानकाे लडाइँ सुरुभएयता आक्रमणकाे २०औँ लहर हाे ।

आक्रमणमा लगभग ३० वटा रकेट प्रहार गरिएको बताएकाे छ । इरानको आक्रमणको मुख्य निशाना हाइफा र तेल अभिभ दुई शहरहरू रहेका छन् ।

हाइफामा धेरै प्रहारहरू रेकर्ड गरिएका थिए, र केही क्षेप्यास्त्रहरूले तेल अभिभमा पनि आफ्नो लक्ष्यमा प्रहार गरेकाे तस्मिनले जनाएको छ । कब्जा गरिएका क्षेत्रहरूको उत्तरी क्षेत्रहरूमा ठूला विस्फोटहरूको आवाज सुनिएको छ, र सबै शहरहरू सतर्क छन्।

प्रतिक्रिया