थप ९,१९६ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २४ गते १७:१८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ कोरोना संक्रमित थपिएका हुन् । जुन संख्या नेपालमा कोरोना संक्रमण सुरु भए यताकै सबैभन्दा बढी हो ।
सोही अवधिमा थप ५० जना संक्रमितको मृत्यु भएको छ भने थप २ हजार ९०५ जना भने निको भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार १९ हजार ९८६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जना गरी थप ९ हजार १९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
सम्बन्धित
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया