साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह दुई दशमलव ७८ प्रतिशतले घटेको हो ।
बैंकिङ शून्य दशमलव ८५, विकास बैंक शून्य दशमलव ८८, वित्त एक दशमलव शून्य नौ, लगानी शून्य दशमलव ९८ जीवन बिमा एक दशमलव शून्य छ र उत्पादन तथा प्रशोधन एक दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४८, व्यापार शून्य दशमलव ७१ र अन्य समूह शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।
















रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया