सोमबार, माघ १२, २०८२

बजेट पास गर्न एमालेको ह्वीप

मेरोन्यूज २०८२ असार ९ गते १४:४६

काठमाडाैं । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ।

असार १० गतेको प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस हुने कार्यसूची रहेको भन्दै एमाले संसदीय दलको कार्यालयले बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको हो।

एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरी सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका हुन्।

प्रतिक्रिया