संयुक्त राष्ट्रसंघद्वारा २७ जुन लाई “अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीन दिवस” घोषणा

काठमाडौं। श्रवणदृष्टि विहीन व्यक्तिहरूको अधिकारको इतिहासमा नयाँ उपलब्धि हासिल भएको छ। संयुक्त राष्ट्रसंघ महासभाले २०२५ जुन १६ (२०८२ असार १ गते) का दिन सर्वसम्मत रूपमा प्रस्ताव A/79/L.92 पारित गर्दै हरेक वर्षको जुन २७ लाई ‘अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीन दिवस’ को रूपमा घोषणा गरेको छ।
प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाले राष्ट्रिय बहिरा महासंघ नेपालले पनि सन् २०१५ देखि बहिरा अपाङ्गता भएका व्यक्तिहरूका साथै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना लगायतका क्षेत्रमा काम गर्दै आएको बताए । त्यसै उनले श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि परियोजना मार्फत काम गर्दै आइएको भन्दै अहिले सम्म ९५ जना श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले घरदैलो शिक्षा, थेरापी सेवा प्राप्त गरेको भन्दै जुन २७ तारिखका दिन मनाइने प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको शुभकामना पनि व्यक्त गरे।
त्यसै गरी नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको दिवसका विषयमा जानकारी गराउँदै सन् २०२५ को जुन २६ लाई संयुक्त राष्ट्रसङ्घको महासभाले मान्यता दिएकोमा यस दिवसको सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको पहलमा श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । उनले श्रवण दृष्टिविहीन, बौद्धिक, अटिजम, डाउन सिण्ड्रोम तथा श्रवण दृष्टिविहीन लगायत छापा अक्षर पढ्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको शिक्षालाई अपाङ्गता अनुकूल र मैत्री बनाउनका लागि राज्यले प्रतिलिपि कानुनलाई ९म्यारकासिटी अधिकार ० लाई मान्यता दिनु पर्ने कुरामा जोड दिए ।
सो पत्रकार सम्मेलनमा बहिरा दृष्टिविहीन अभिभावक संघका अध्यक्ष लाक्पा नोरु शेर्पाले संयुक्त राष्ट्रसङ्घको महासभाले १६ जुन २०२५ अर्थात् वि स.२०८२ को असार १ गतेका दिन सर्व सम्मत रूपमा प्रस्ताव A / 79 / L.92 पारित गर्दै जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको रूपमा मनाउने घोषणा गरेको जानकारी दिए।
उनले वि। स २०७८ को राष्ट्रिय जनगणना अनुसार श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या १० हजार १ सय ८७ रहेको भए पनि २०० जना मात्रै अहिले सम्पर्कमा रहेको भन्दै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या २०७८ को जनगणनामा उल्लेख गरिएको भन्दा धेरै अनुमानित संख्या रहेको बताए।
दिवसको अवसरमा भोलि प्रभातफेरीलगायत विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ।
















पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया