अभद्र कमेन्ट गर्नेलाई धमाधम सार्वजनिक गर्दै एलिना र समीक्षा

काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहलाई सार्वजनिक गरिरहेका छन् ।
दुवैले सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूका स्क्रिनसटहरू नाम, प्रोफाइल तस्वीरसहित आफ्नै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।
व्यक्तिगत जीवनका कुरालाई लिएर लगातार अभद्र कमेन्ट आएपछि यस्ता प्रयोगकर्ताहरूलाई उनीहरूले सार्वजनिक गरेका हुन्। उनीहरू भन्छन् — “अभद्र टिप्पणी किन सहने ?”
बुधबार फेसबुकमा एलिनाले लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो अब पालैपालो पोस्ट गर्छु।’ उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरूलाई अब सहेर चुपचाप नबस्ने बताएकी छिन्। साथै कानुनी उपचार खोज्ने समेत बताएकी थिइन्।
यस्तै समीक्षाले फेसबुकमा लेखेकी छन्, “सामाजिक सञ्जाल अब सुरक्षित महसुस हुने ठाउँ रहेन । चुप लागेर बसिरहँदा यस्ता मानिसहरूको हिम्मत झन् बढ्दै गइरहेको छ ।”
समीक्षाले केही दिनअघि आफूलाई नकारात्मक कमेन्ट गर्ने व्यक्तिको फेसबुक आइडी सार्वजनिक गरेकी थिइन्। पछि ती प्रयोगकर्ताले समीक्षालाई म्यासेज गर्दै माफी मागेका थिए। उक्त विषय पनि समीक्षाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
केहि समयअघि अभिनेत्री ऋचा शर्माले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् ।
















पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया