नेपालले अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
मेरोन्यूज
२०८२ असार १३ गते १७:०३

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।
विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ।
क्यानका अनुसार, नेपालले अस्ट्रेलियामा कम्तीमा ६ खेल खेल्नेछ । तर, शृंखलाको पूर्ण तालिका भने सार्वजनिक भएको छैन ।
केही साताअघि मात्रै नेपाली टिमले स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो ।
सम्बन्धित









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया