पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।
शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गरे ।
शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले जानकारी दिए ।
यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोर्स’ समिति गठन गर्ने निर्णय भएको छ ।
सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया