नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अंकले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ६१, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन शून्य दशमलव शून्य नौ, जलविद्युत् शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह एक दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार शून्य दशमलव २७ र अन्य समूह एक दशमलव ३५ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ५७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भएको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया