लुम्बिनी प्रदेशका पालिकामा आइसोलेशन सञ्चालनमा

रुपन्देही । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् । प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिण्डर सहितका आइसोलेशन निर्माण गरेका छन् ।
प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेण्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् । अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ र रुकुम९पूर्व०मा एक आइसोलेशन सेण्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ । प्रदेशका आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ३४२ संक्रमितको उपचार भइरहेको छ ।
यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना संकमित छन् । रासस
















तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया