एएफसी महिला एसियन कप छनोट : श्रीलङ्का विरुद्धको खेलमा नेपालको अग्रता

काठमाडौँ। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा रङ्गशालामा जारी खेलको मध्यान्तरसम्म नेपालले श्रीलङ्कामाथि ४–० गोलको अग्रता लिएको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै, नेपालकी अर्की गीता रानाले नेपालका लागि एक गोल थपिन् । खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लियो । खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् । त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो ।
जसमा सावित्राले गोल गरिन् । त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।
त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४–० गोलको अग्रता दिलाइन् । नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया