एएफसी महिला एसियन कप छनोट : श्रीलङ्का विरुद्धको खेलमा नेपालको अग्रता

काठमाडौँ। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा रङ्गशालामा जारी खेलको मध्यान्तरसम्म नेपालले श्रीलङ्कामाथि ४–० गोलको अग्रता लिएको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै, नेपालकी अर्की गीता रानाले नेपालका लागि एक गोल थपिन् । खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लियो । खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् । त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो ।
जसमा सावित्राले गोल गरिन् । त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।
त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४–० गोलको अग्रता दिलाइन् । नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।











चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया