फुटबलर डियोगो जोटाको कार दुर्घटनामा निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनको जमोरा प्रान्तमा भएको दुर्घटनामा २८ वर्षीय जोटाको ज्यान गएको हाे। दुर्घटनामा जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ।
स्पेनको जमोरा प्रान्तनजिक ए–५२ राजमार्गमा बिहान साढे १२ देखि साढे एक बजे (स्थानीय समय)को बीचमा उनीहरु कार दुर्घटनामा परेका थिए । चलाइरहेको कार अनियन्त्रित भएर सडकमबाट बाहिर गएर आगलागी भएपछि दुवैले घटनास्थलमै ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानले सुरुवातमा कारको टायर फुटेपछि गाडी अनियन्त्रित भएको देखिएकाे बताइएकाे छ ।
जोटाले भर्खरै आफ्नो बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनीहरु १६ वर्षदेखि सँगै थिए र उनीहरूको तीन सन्तान छन्।
यो जोडीले जुन २२ मा जोटाको गृह नगर पोर्टोमा विवाह गरेका थिए। रुटेले हिजो सामाजिक सञ्जालमा विवाहका थप तस्वीरहरू साझा गर्दै लेखेकी थिइन्: ‘मेरो सपना पूरा भयो।’ जोटाले कमेन्ट गर्दै लेखेका थिए: ‘म नै भाग्यमानी हुँ।’
जोटा लिभरपुलको २०२४/२५ सिजनको प्रिमियर लिग विजेता टोलीका सदस्य थिए, जसमा उनले २६ खेलमा ६ गोल गरेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए र गत महिना स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै नेशन्स लिग जित्न मद्दत गरेका थिए।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया