एडीबीबाट कुनै ऋण नलिने हर्क साम्पाङको घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको कुनै पनि ऋण नलिने घोषणा गरेका छन् । खानेपानी मन्त्रालयलाई पत्र लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।
यसअघि एडीबीबाट लिएको ऋण तिर्न बाँकी रहेकोले सो संस्थाको थप ऋण आफूहरुले नलिने साम्पाङले बताएका छन् । ‘‘ कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटी खानेपानी मन्त्रालय धाएको उनले स्मरण पनि गरेका छन् ।
साम्पाङले आव २०८२–८३ मा ४ करोड रुपियाँ सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन भन्दै धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला, अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनेका छन् ।

















आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया