आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं ।आज २०८२ साल असार २१ गते शनिबार। असार शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई ५ तारिख। मनु महाराजको जन्मदिन। मनवादी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनलाई सुमधुर बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरूमा जीवनसाथीसँग सल्लाह लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष : नौकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नुहोस्। मन चञ्चल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। कुनै कुराले आकस्मिक लाभ होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
मिथुन : कुनै संघ संस्थामा आबद्ध भइएला। लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ। घरमा कसैको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना देखिएको छ। माताका कुरालाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 2 रहेको छ।
सिंह : कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आसमर्दो कार्य बन्नाले अरु कार्यप्रति उत्साह जाग्नेछ। आर्थिक गतिविधिको काममा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : समयको सदुपयोग राम्राे संग गर्नुहाेला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
धनु : कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ। नयाँ ठाउँबाट रोजगारको प्रस्ताव आउनेछ। चिताएका कार्यले गति लिनेछ। आफन्त र मित्रहरूसँग राम्रो व्यवहार राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मकर :सफल यात्राका योग छ। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। सेवामूलुक कामबाट लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ :व्यावसायिक जीवनमा सुधार आउनेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आदर्श व्यक्तिहरूसँग सहकार्यको नयाँ अनुभव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन :राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। घर परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोल्दाखेरि शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया