भारत र बङ्गलादेश सन् २०२६ सम्मका लागि क्रिकेट खेल श्रृङ्खलालाई स्थगित गर्न सहमत

भारत र बङ्गलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् । ढाकामा अगस्ट १७ देखि तीन एकदिवसीय र तीन टि–२० खेलको श्रृङ्खला सुरु हुने तयारी भएको थियो ।
गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले खेल श्रृङ्खलालाई सार्न सहमति जनाएका छन् ।
“अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशको बिसिबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुगेकी हसिनाको बिषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२६ को सुरुमा चुनाव हुने अपेक्षा गरिएको छ ।









रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया