विद्या भण्डारी सक्रिय राजनीतिमा आउँदा अध्यक्षकै प्रस्तावमा आउने हो : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच कुनै अन्तरविरोध नभएको स्पष्ट पारेका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता महासेठले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्ष ओलीकै प्रस्ताव रहने बताए । “दिनहुँ कित्ताकाटका समाचार आइरहेको छ, यसमा कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै अन्तरविरोध छैन । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ,” उनले भने ।
भण्डारीलाई सक्रिय हुन संविधान र पार्टीको विधानले नछेक्ने महासेठले बताए । “हाम्रो सचिवालयमा पनि छलफल भएकै हो । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने हामीले किन रोक्ने ? संविधान र विधानले रोक्ने कुनै दफा छैन,” उनले भने ।
पार्टीका एक–दुईजनाले अन्तरविरोध बढाउन खोजेको र त्यो राम्रो नभएको महासेठले टिप्पणी गरे । आउँदो महाधिवेशनसम्म ओलीकै निर्देशनमा पार्टी चल्ने उनले स्पष्ट पारे ।










सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया