विद्या भण्डारी सक्रिय राजनीतिमा आउँदा अध्यक्षकै प्रस्तावमा आउने हो : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच कुनै अन्तरविरोध नभएको स्पष्ट पारेका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता महासेठले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने भए अध्यक्ष ओलीकै प्रस्ताव रहने बताए । “दिनहुँ कित्ताकाटका समाचार आइरहेको छ, यसमा कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै अन्तरविरोध छैन । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ,” उनले भने ।
भण्डारीलाई सक्रिय हुन संविधान र पार्टीको विधानले नछेक्ने महासेठले बताए । “हाम्रो सचिवालयमा पनि छलफल भएकै हो । यदि, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने हामीले किन रोक्ने ? संविधान र विधानले रोक्ने कुनै दफा छैन,” उनले भने ।
पार्टीका एक–दुईजनाले अन्तरविरोध बढाउन खोजेको र त्यो राम्रो नभएको महासेठले टिप्पणी गरे । आउँदो महाधिवेशनसम्म ओलीकै निर्देशनमा पार्टी चल्ने उनले स्पष्ट पारे ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया