रास्वपा र राप्रपाले आज पनि बहिष्कार गरे प्रतिनिधिसभा बैठक

काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन् ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिएका थिए । उनले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्दै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए ।
“जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो । ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो । तर यसपटक त्यसै गर्न खोजिएको छ । यो हामीलाई मान्य छैन,” उनले भने ।
सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे।
यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए । रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन् ।

















ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया