स्वदेश फर्कियो नेपाली महिला टिम, साम्बा भन्छिन्– ठूलो अवसर गुमायाैं

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेलेर सोमबार बिहान स्वदेश आइपुगेको छ।
उज्वेकिस्तानमा भएको समूह ‘एफ’ को छनोटको खेलमा नेपाल निर्णायक खेलमा पराजित भएको थियो। निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसँग पराजय भोग्दा सन् २०२६ मा हुने वुमन्स एसियन कपमा छनोट हुन असफल भएको थियो। साथै नेपाल फिफा महिला विश्वकप र ओलम्पिक छनोटबाट पनि बाहिरिएको थियो। छनोटमा फरवार्ड सावित्रा भण्डारी साम्बाले पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी थिइन्।
साेमबार एयरपाेर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्बाले उज्वेकिस्तानमा भएको छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन्। खेलमा नेपाली टालीको प्रस्तुति देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको उनी बताउँछिन् ।
‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ । यसले सकारात्मक सन्देश दिएको छ । हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौँ’ साम्बाले भनिन् ।
याे प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सधैं सताइरहने उनकाे भनाइ छ । ‘यो खेल एकदमै ठूलो अवसर थियो । राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर, राम्रो परिणाम दिन सकेनौ । यो कुराले सताइरहन्छ,’ साम्बाले भनिन्।
















खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया