ओमोडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’

काठमाडौँ । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपिजी अटोमोबाइल्सले मनसुनलक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ।
यो विशेष सेवा (सर्भिसिङ) अभियान असार २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ, जसले देशभरका ग्राहकहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्नेछ।
चुनौतीपूर्ण अवस्थाहरूको लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएको हो।
यस चेक-अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्। सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नको लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १०० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, टप वासमा १०० प्रतिशत छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन्।
ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको लाभ लिन सकिनेछ। यी लाभहरूले गर्दा ग्राहकहरूको लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको छ।
ग्राहकहरूलाई आफूनजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै, मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सेवा केन्द्रहरूमा एकै साथ सञ्चालन हुनेछ। देशभर विभिन्न १२ वटा सेवा केन्द्रहरूमा चेक-अप क्याम्प आयोजना हुँदै छ।
काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपिजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटी) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुँदै छ।
एसपिजी अटोमोबाइल्स, ग्राहकहरूलाई आफू नजिकैको ओमोडा एन्ड जेइकोको आधिकारिक सेवा केन्द्रमा गई मनसुन चेक-अप क्याम्पमा उपलब्ध विभिन्न छुटहरूको लाभ उठाई आफ्नो सवारी साधन मनसुनका यात्राहरूका लागि तयार पार्न आह्वान गर्दछ।









गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया