सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अंकले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ ।
आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।









इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया