अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ। अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्ट १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो । यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बिबिएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ ।
नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बंगलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।
त्यसैगरी, पाँचौँ खेल अगस्ट २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।



















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
इरानमा पक्राउ परेका अमृत झा रिहा
आजदेखि देशभर आर्थिक गणना हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया