यामाहाको गौरवमय ७० औँ वार्षिकोत्सव : राष्ट्रव्यापी एक्सचेन्ज अफर !, केके छन् सुविधा ?

काठमाडौँ । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औँ वार्षिकोत्सव मनाउने भएको छ ।
यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गरेको छ ।
उक्त इभेन्टको आयोजना असार २५ देखि ३२ गतेसम्म सबै यामाहा सोरुमहरूमा हुनेछ।
सो विशेष उत्सवको एक भागस्वरूप, ग्राहकहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन् । यसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ।
यीबाहेक, अन्य एक्सचेन्ज आकर्षणहरूमा तल उल्लेखित सुविधाहरू रहेका छन्ः
कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा २५ हजार रुपैयाँको न्यूनतम मूल्याङ्कन,
अतिरिक्त १० हजार रुपैयाँसम्मको भ्यालुएसन बोनस,
निश्चित मोडेलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई,
फ्लेक्सिबल फाइनान्स अप्सन,
२ वर्ष ट्याक्स(फ्री – राइड(फ्री अफर,
यी अफरहरूले बाइक किन्न झन्झटमुक्त र सहज बनाउँछ।
सो सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औँ वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैँभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”
यो क्याम्पेन केवल एक्सचेन्ज मात्र होइन, यो त यामाहाको ७० वर्षदेखिको उत्कृष्टता र गौरवको उत्सव हो भने विश्वसनीय जापानी इन्जिनियरिङ र पुस्तौंदेखि कायम गुणस्तरको प्रतिबद्धतालाई एकसाथ ल्याउने अवसर पनि हो।
तपाईं स्टाइल, पर्फर्मेन्स वा दीर्घकालीन भरोसा जे चाहनुहुन्छ, यामाहा तपाईंका सबै चाहना पूरा गर्न तयार छ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुई पाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको छ।
दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिंग अनुभव उपलब्ध गराइरहेको छ।
















Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया