बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया