भरतपुर कारागारमा मौसमी रुघा र ज्वरोको समस्या

चितवन। कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ । मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उनले बताए ।
सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गर्ने गरिएको ढुङ्गानाले बताए। कारागार कार्यालयमा रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको बताउँदै उनले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको उल्लेख गरे ।
क्षमताभन्दा बढी कैदीबन्दी हुनु, मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन भनिएको हो । उनका अनुसार कारागारमा अहिले ७१६ जना कैदीबन्दी र चार जना आश्रित बालबालिका छन् ।
कारागारमा ३५ महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६७३ जना पुरुष कैदीबन्दी छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया