मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक
मेरोन्यूज
२०८२ असार २६ गते १९:४१

काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फ्रेन्चाइजी काठमाडौं गुखार्जले दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको जानकारी बिहीबार सामाजिक सञ्जालमार्फत् दिएको छ ।
काठमाडौंका लागि करण केसी मार्की प्लेयरका रुपमा छन् । पहिलो सिजनमा काठमाडौंले गतिलो प्रदर्शन गर्न सकेको थिएन ।
मोन्टीले सन् २०२३ देखि दुई वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिम सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप प्रतियोगिता खेलेको थियो ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया