अमेरिकी डिभि चिठाको नतिजा सार्वजनिक, हेर्ने कसरी त ?
मेरोन्यूज
२०७८ वैशाख २६ गते ७:२९

काठमाडौं । अमेरिकाले खुलाएको डिभी चिठाको नतिजा सार्वजनिक भएको छ ।
अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात नेपाली समयानुसार वैशाख २५ गते शनिबर रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो ।
२०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ ।
नतिजा हेर्न आवेदन दिंदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ ।
दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।
सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया