आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ। ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।
यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिए ।
विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पु¥याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।
















मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया