जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भनेकी छन् ।
मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उनले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रुपमा लागि परेको धारणा व्यक्त गरिन्।
त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास : जबज दृष्टिकोणको लोर्कापण गरेकी थिइन् ।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन–अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो स्रोतसामग्री हुने बताइन्।
जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे छन् । जर्नलमा १० वटा लेख समावेश छन् ।
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया