नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा : झलनाथ खनाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताए ।
साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनु भएका उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताए।
सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उनले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिए ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरिऔँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा गएका हुन् । बेइजिङमा रहँदा उनले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया