बुधबार, मंसिर १०, २०८२

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

मेरोन्यूज २०८२ असार ३० गते ७:०३

काठमाडौँ । चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।

चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन् ।

विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।      

प्रतिक्रिया