बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा प्रकाउ

मुम्बई। बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।
खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो।
तर, अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन्।
तर, अब्दु रोगिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ ।
अब्दु रोजिक एक प्रसिद्ध ताजिकिस्तानी गायक र सोशल मिडिया प्रभावकार हुन्। गीत, भाइरल भिडियो र रियालिटी शोका कारण उनको लोकप्रियता बढेको हो । भारतमा उनी बिग बोस १६ मा सहभागी भए पछि पहिला भन्दा धेरै लोकप्रिय भए।
त्यसो त अब्दु रोजिकलाई पनि २०२४ मा भारतमा ईडीले सोधपुछ गरेको थियो। यो मुद्दा एक आतिथ्य कम्पनीसँग सम्बन्धित मनी लान्ड्रिङको मुद्दा थियो। तर, त्यसबेला अब्दुलाई मुद्दामा अभियुक्त बनाइएको थिएन र सोधपुछ मात्र गरिएको थियो।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया